काठमाडौं, २९ मंसिर–खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालय (खानेपानी मन्त्रालय) मा एक रुपैयाँ मात्र भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने बताएकी छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेकी हुन् । ‘आज म प्रतिज्ञा गर्छु–’खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु ।’ देश समृद्ध बनाएरै छाड्छौं,’ मन्त्री मगरले भनेकी छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *