नुवाकोट, २९ मंसिर–त्रिशूली अस्पताल नुवाकोटले कोभिड-१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ। तारकेश्वर गाउँपालिका-६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो। ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन्।

व्यक्तिगत सुरक्षा कवचसहितको साबधानी अपनाएर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका थिए। ती संक्रमित महिलाको लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो।

कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि संक्रमितको स्वास्थ्यमा समस्या देखिए काठमाडौंमा पठाइने गरिएको थियो।

‘कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराउँदै आए पनि गर्भवतीमा संक्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिएको यो पहिलो पटक हो,’ चिकित्सक केसीले भने, ‘अस्पतालमा हाल उपचारको लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ संक्रमित महिलालाई सुत्केरी गराएका हौं।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *