भद्रपुर, २९ मंसिर–शिक्षक हत्याराको खोजी गरी अविलम्ब कारबाही माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाले प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।

उत्तरी मोरङको मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ४ सूत्रीय मागसहित ज्ञापनपत्र पठाएका हुन्।

संगठनका झापा जिल्ला अध्यक्ष कपिलदेव तिम्सिनाको नेतृत्वमा गएको शिक्षकको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा शिक्षक श्रेष्ठका हत्यारालाई अविलम्ब कानुनी दायरामा ल्याइनुपर्ने, सहिद घोषणा गरिनुपर्ने, परिवारको भरणपोषणका लागि राज्य गम्भीर बन्नु पुर्नेलगायत माग उल्लेख गरेका छन्।

प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घरबाट अपहरण गरी घाँटी रेटेर हत्या गरेको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *