काठमाडौं, २९ मंसिर–युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ।

यूइएफएले आज दिउँसो प्रि–क्वाटरफाइनलको ‘ड्र’ सार्वजनिक गरेको हो। युईएफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले क्वाटरफाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ुपिएसजीुसँग प्रतिस्पर्धा गर्नेछ।

साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोको सामना गर्नेछ। यसैगरी स्पेनिस क्लब रियल मड्रिडले इटालीको एट्लान्टासँग खेल्दा बोरुसिया डर्टमण्डले सेभिल्लासँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब पोर्टोसँग खेल्दा चेल्सीले एट्लेटिको मड्रिडसँग खेल्नेछ। यसैगरी इंग्लिस क्लब लिभरपुलले जर्मनीको आरबी लेइपजिगसँग खेल्दा म्यानचेस्टर सिटीले बोरुसिया मोन्चेनग्लाडवाखसँग प्रतिस्पर्धा गर्नेछ।

अन्तिम १६ अन्तर्गतको पहिलो लिग फेब्रुअरी १६ देखि २४ तारिखसम्म हुनेछ भने त्यस्तै दोस्रो लिग मार्च १० देखि सुरु हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *