झिलझिले, २९ मंसिर–क्रमशः बढ्दै गइरहेको चिसोसँगै दैनीक जीवन यापनमा समस्या भएको भन्दै आज झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु-सन्त र महन्तहरुलाई कम्बल वितरण गरिएको छ ।

हेम एण्ड माया फाउण्डेशन झापा शाखा मार्फत शिबसताक्षी–११ झिलझिलेदेखी उत्तर चुरे फेदीमा अवस्थित सताक्षीधामका नौ जना साधुसन्त महन्तहरुलाई कम्बल बितरण गरिएको हो ।

हेम एण्ड माया फाउण्डेसन झापा शाखाका सहसचिव एबम् शिबसताक्षीका युवा सामाजिक अगुवा लायन्सकर्मी सुजन भण्डारीका अनुसार चिसो मौसममा कष्टकर जीवन बिताइरहेका साधुसन्त र महन्तहरुलाई नौ थान कम्बल बितरण गरिएको हो । कम्बल वितरण कार्यक्रम हेम एण्ड माया फाउण्डेसन प्रदेश १ का सचिव सुर्य प्रसाद अधिकारीको उपस्थितिमा भएको थियो ।

सताक्षीधाममा देश तथा बिदेशका धार्मीक मठमन्दिरका साधु सन्त महन्तहरु आएर वस्ने गर्दछ भने दैनीक सयौंको संख्यामा आन्तरिक पर्यटकहरुको समेत आगमन हुने गरेको फाउण्डेसन झापाका सहसचिव भण्डारीले बताए । उनका अनुसार फाउण्डेसन मार्फत आगामी दिनमा झापाका विभिन्न स्थानहरुमा रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै जाने समेत बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *