धरमपुर, २९ मंसिर–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा आजदेखी सौजन्य बचत तथा ऋा सहकारी संस्था सञ्चालनमा आएको छ । मंगलबारे बजारमा स्थापना भएको सहकारी संस्थाले सोमबारदेखी औपचारिक रुपममा वित्तिय कारोबार सेवा सुचारु गरेको हो ।
मंगलबारे बजारका स्थानीय युवा व्यवसायी, सामाजिक व्याक्तित्व र बुद्धिजिबीहरुले सहकारी संस्था स्थापना गरेको हो । सहकारी संस्थाको अध्यक्षमा मकरध्वोज नेम्बाङ छन् । शिक्षा क्षेत्रमा लामो समयदेखी सक्रिय नेम्बाङको अध्यक्षतामा ३० जना युवाहरु छन् ।
सहकारी संस्थाका संस्थापक शेयर सदस्य एबम् व्यवस्थापक मनि राईले सहकारी संस्थालाई सहकारीको मुल्य मान्यता, सैदान्तिक नियम र कानुन बमोजिम संञ्चालन गरिने बताए । उनले सौजन्य बचत तथा ऋण सहकारी संस्थाबाट हुने सवै खाले लेखा सम्बन्धीका गतिबिधिहरुलाई कम्पुटरमा पूर्णरुपमा जस्ताको त्यस्तै राखिने बताए ।
मंगलबारे बजारमा धेरै सहकारी संस्थाहरु स्थापना भएको र ती सहकारी संस्थाहरुबीचमा सौजन्य सहकारी संस्थालाई आगामी दिनमा अब्बल सहकारी संस्थाको रुपमा स्थापित गरिने व्यवस्थापक राई बताउँछन् । उनले सहकारी संस्थामा रु ५० लाख बराबरको शेयर पुँजी रहेको र संस्थाको वित्तिय कारोबारलाई ग्रामिणमुखी कृषि उपज उत्पादन र प्रवद्र्धनमा जोड दिने र नीतिगत योजनाहरु बनाइने बताए ।
मंगलबारे बजारमा स्थापना भएको धरमपुर साना किसान कृषि सहकारी संस्था, माता नवदुर्गा कृषि सहकारी संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, झिलझिलेमा स्थापना भएको छिमेकी बचत तथा ऋण सहकारी संस्था, साइनो बचत तथा ऋण सहकारी संस्था र धरमपुरको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले मंगलबारे बजारमा सेवा केन्द्र मार्फत बित्तिय सेवा सञ्चालन गर्दै आइरहेको छ ।

