दमक, २९ मंसिर–झापाको दमकस्थित गोर्खाली टोलमा आजदेखी जि.के प्रिन्ट सञ्चालनमा आएको छ । छपाई सम्बन्धीका सम्पूर्ण कामहरु गर्ने जि.के प्रिन्टले सोमबार बिहान एक कार्यक्रमबीच उद्घाटन गरिनुका साथै सेवा सञ्चालन गरेको हो ।

सो प्रिन्टको उद्घाटन दमक नगर प्रमुख रोमनाथ ओलीले रिवन काटेर गर्नुभएको छ । शिबसताक्षी–२ धरमपुर मंगलबारेका खगेन्द्र आर्चाय र मंगलबारे घर भई हालः दमकमा सामाजिक तथा राजनीतिक क्षेत्रका उदयीमान युवा नेता दिलिप बुडाथोकीले जि.के प्रिन्ट सञ्चालनमा ल्याएको हो । बुडाथोकी नेकपाका युवन नेता हुन् ।

सो प्रिन्टमा आधुनिक प्रविधिसहितका यान्त्रिक उपकरणहरु छ, जि.के प्रिन्टका सञ्चालक आर्चायले भने । उनका अनुसार झण्डै रु ४० लाख लगानी रहेको जि.के प्रिन्टलाई आगामी दिनमै दमकमा नै अब्बल बनाइने छ ।

जि.के प्रिन्टमा फलेक्स प्रिन्ट, ग्राफिक्स डिजाईन, क्यानभास फोटो, थ्री डि टु डि बोर्ड, लाइट बोर्ड, डिजिटल छपाई, भिजिटिङ कार्ड, परिचय पत्र, कप, मग, टिसर्टमा प्रिन्ट, बिबाह कार्ड, बिल र रसिद छपाईका सम्पूर्ण कामहरु हुने सञ्चालक आचार्यले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा शिबसताक्षी–२ धरमपुर मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् उद्योगी व्यवसायी भीम नेम्बाङको समेत उपस्थिति थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *