काठमाडौँ, ३० मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।
बिबीसी नेपाली सेवासँग कुरागर्दै प्रचण्डले पार्टीलाई छलेर ल्याएको अध्यादेशले लोकतन्त्रको उपहास गरेको र संसदको अपमान गरेको प्रतिक्रिया दिएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली निरंकुशता तिर जान खोजेको संकेत गरेको बताएका छन् ।
प्रचण्डले भने, ुयसले कहीँ न कहीँ संसद्को अपमान गर्ने, संसद्लाई मिनिमाइज गर्ने र निरङ्कुशतातिर जाने कुराको सङ्केत गरेको महसुस गर्छु ।ु
उनले आफूलाई अध्यादेश ल्याउनेबारे कुनै पूर्व जानकारी नभएको बताउदै आफूले प्रधानमन्त्रीले अध्यादेश सिफारिस गरेको र राष्ट्रपतिले जारी गरेको भन्ने बारेमा मिडियाबाट मात्र थाहा पाएको बताएका छन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीको विभाजनकारी मानसिकतालाई अध्यादेशले पुष्टि गरेको बताउदै ओली पहिलादेखि नै बिभाजनको बाटोमा हिडेको आरोप लगाएका छन् ।
प्रचण्डले ओलीको आजको कदमले दुरी अझै बढेको बताएका छन् ।
प्रचण्डले पार्टीको स्थायी कमिटीको बैठकमै राखेर अगाडी बढ्नसक्ने अवस्था रहेको भन्दै उनले भने, ‘मेरो विचारमा यो संसद्को नियमित अधिवेशन बोलाउनैपर्ने बेलामा, अस्ति भर्खरै सर्वदलीय बैठक देशमा सबै प्रमुख दलहरूले तुरुन्त बैठक बोलाउन माग पनि गरिरहेको सन्दर्भमा अहिले आफ्नो पार्टीमा स्थायी समितिको बैठक चलिराखेको छ र पार्टीलाई पनि छलेर जसरी उहाँले अध्यादेश ल्याउनुभयो लोकतन्त्रको योभन्दा ठूलो उपहास हुन सक्दैन ।’
प्रचण्डले तीन बर्षदेखि बाँकी रहेका विषयमा अहिले हतारमा अध्यादेश ल्याउनु नियोजित रहेको भन्दै यो खारेज हुनुपर्ने बताए ।
