काठमाडौं, १ पौष–भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ६ हजार १६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २२ हजार ६५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा कोरोनाका कारण भारतमा ३५४ संक्रमितले ज्यान गुमाएका छन् ।
तथ्यांक अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ४३ हजार ७०९ जनाको मृत्यु भइसकेको छ ।
