काठमाडौं, १ पौष–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकअघि छलफल भइरहेको छ । स्थायी कमिटीको बैठक अझै सुरू हुन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुईजना अध्यक्षबीच फेरि छलफल भएको हो । यसअघि भएको छलफलमा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई १९ बुँदे प्रतिवेदनमा छलफल हुन नसक्ने आफ्नो स्पष्ट मान्यता रहेको बताएका थिए ।
अहिले महासचिव विष्णु पौडेलसहित दुई अध्यक्ष छलफलमा जुटेका छन् ।
