काठमाडौं, १ पौष–प्रिमियर लिग फुटबलअन्तर्गत आज (बुधबार साबिकको विजेता टोली लिभरपुलले टोटेनहमसँग प्रतिस्पर्धा गर्दै छ । लिभरपुलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै तालिकाको शीर्ष स्थानमा आफूलाई बलियो बनाउने योजनामा छन् । अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेका दुई टोलीको अंक समान छ । शीर्ष स्थानमा रहेको टोटेनहमको २५ अंक छ । समान अंक रहेको लिभरपुल गोल अन्तरको आधारमा तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेलमा जित निकाल्दै टोटेनहम तालिकाको शीर्ष स्थानमा आफ्नो तीन अंकको अग्रता बनाउने योजनामा छ । दोस्रो स्थानमा रहेको लिभरपुल पनि आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उभ्याउने र तीन अंकको अग्रता बनाउने योजनामा छ ।

दुवै टोली यो सिजनका उपाधि दाबेदार हुन् । यही समयमा हुने हुने अर्को खेलमा न्युक्यासल युनाइटेडले वेस्टहमसँग खेल्नेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *