विराटनगर, १ पौष–पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा कोरोना संक्रमण मुक्त भई ११२ जना डिस्चार्ज भएका छन् ।
होम आइसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट एकजना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ । प्रदेश १ मा बुधबार ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १-१ र प्रदेश १ बाहिरका तीनजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैंचा र बेलबारीमा २-२ र बूढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराह क्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २-२, कोसी र दुहबीमा १-१, झापाको दमक र कनकाईमा २-२, भद्रपुर, कमल, बिर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १-१, पाँचथरको कुम्वायक र इलामको सूर्योदयमा १-१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ माहालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १४० पुगेको छ । प्रदेश १ मा बुधबार ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख २ हजार ३९७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
