दमक, १ पौष–झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् ।
संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ७ जना, बिर्तामोड नगरपालिकामा २ जना पुरुष, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित ३ जना, अर्जुनधारा नगरपालिकामा १ जना महिला संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिकामा १ जना पुरुष, कमल गाउँपालिकामा १ महिलासहित ५ जना, शिवसताक्षी नगरपालिकामा १ जना महिला र बाह्रदशी गाउँपालिकामा १ जना पुरुष रहेका छन् ।
