झिलझिले, १ पौष–सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघ नेपालको बुधबार पदहस्तान्त्रण भएको छ । पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा एक कार्यक्रमबीच पदहस्तान्त्रण भएको हो ।
केही दिनअघि संघको चौथो साधारण सभा शिबसताक्षी नगरमा सम्पन्न भएको थियो । सो साधारणसभाले सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघको आगामी कार्याकालको नयाँ समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा किशोर बहाुदर मगर, प्रथम उपाध्यक्षमा यामकुमार राई, दृतिृया उपाध्यक्षमा श्रीप्रसाद ताजपुरिया, सचिवमा अनिल श्रेष्ठ र कोषाध्यक्षमा पदमबहादुर राई चुनिएका छन् ।
त्यस्तैं, संघको सदस्यमा भक्तबहादुर तामाङ, सुवास राजवंशी, सन्तोस पिठाकोठे मगर लगायत छन् भने केही रिक्त सदस्यहरु आगामी बैठकले चयन गरिने भएको छ ।
झापाको शिबसताक्षी नगरपालिकाभरी छरिएर रहेका विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुको छाता संस्था सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघ हो । संघको स्थापना २०७० सालमा भएको हो । शिबसताक्षी नगरको सतासीधाम, शिबगञ्ज, पाँचगाछी र धरमपुर क्षेत्रमा कार्यरत मजदुरहरु संघमा आवद्ध भएका छन् ।
संघ स्थापना भएदेखी मजदुरहरुको हकहित र अधिकारको काम गर्दै छ । मजदुरहरु र नगरपालिकाबाट प्राप्त हुने नीति, नियम र कानुनको पालना गर्दै नगरबाट हुने तालिम, गोष्ठी लगायतका सामाजिक तथा सेवामुखी गतिविधिहरु सञ्चालन आइरहेको संघका पुर्वअध्यक्ष टेकबहादुर कोयु राईले ‘हाम्रोसरोकार’लाई बताउनुभएको छ । राईका अनुसार यो गैह्र राजनीतिक संस्था हो । यो नाफामुखी र राजनीतिक गर्ने संस्था होइन, संघका पूर्व अध्यक्ष्ँ राईले भने–’यो त मजदुरहरुको भलाईको निम्ति काम गर्ने संस्था हो ।’ ‘संस्थाले मदजुरको पक्षमा काम गर्दै केही सामाजिक कार्यहरु गर्दछ’, उनले भने ।
संघका पुर्वअध्यक्ष राईका अनुसार आज चौथो साधारणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पदहस्तान्त्रण गरिएको हो । पदहस्तान्त्रण कार्यक्रममा वरिष्ठ कवि एबम् सतासी साप्ताहिक पत्रिकाका कार्यकारी समपादक सेलिङ केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तैं, कार्यक्रममा संघका संस्थापक अध्यक्ष बिजय सावाँ, पूर्व अध्यक्ष टेकबहादुर राईले संघका नव गठित समितिलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
