काठमाडौं, २ पौष–इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले संघर्षपूूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टर मिलानले नापोलीविरुद्ध १-० गोलकोे जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरेका हुन् । खेलको ७२ औं मिनेटमा नापोलीका लोरेन्जो इन्सिगे रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो ।

७३ औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत गोल गर्र्दै इन्टरलाई १–० गोलको जित दिलाए । जितसँगै इन्टरले १२ खेलबाट २७ अंक जोडेको छ । इन्टर तालिकाको दोस्रो स्थानमा छ ।

पराजित नापोली २३ अंकसहित तालिकाको चौथो स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा एसी मिलानले जेनोओसँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *