काठमाडौं, २ पौष–लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा शीर्ष स्थानको टोटनह्यामलाई २-१ गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।
घरेलु टिम लिभरपुलको जितमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोले गोल गरे। यता, टोटनह्यामका लागि भने सन हेयुङ मिनले एक गोल फर्काए। खेलको २६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। तर खेलको ३३ औं मिनेटमा सनले गोल गर्दै टोटनह्मलाई १–१ गोलको बराबरीमा पुर्याए।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको टोटनह्याम खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा हार ब्यहोरेको हो। खेलको ९० औं मिनेटमा एन्ड्रयु रोबर्टसनको कर्नर प्रहारमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–१ गोलको जित दिलाए।
जितसँगै लिभरपुलले दोस्रो स्थानमा झरेको टोटनह्यामसँग तीन अंकको स्पष्ट अग्रता बनाएको छ। १३ खेलबाट २८ अंक बनाउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा झरेको टोटेनहमको १३ खेलबाट २५ अंक छ।
