एजेन्सी, २ पौष–विवाह गर्ने बाचा गरेर यौन सम्बन्ध राख्नु नै बलात्कार हो भन्‍न नसकिने दिल्ली हाइ कोर्टले जनाएको छ। हाइ कोर्टले एक फैसला सुनाउँदै यस्तो भनेको हो।

हाइ कोर्टले भनेको छ, ‘यदि महिला यौन सम्पर्कको लागि राजी भएको खण्डमा विवाह गर्ने शर्तमा यौनसम्बन्ध राख्नु बलात्कार होइन।’

टाइम्स अफ इण्डियामा छापिएको खबर अनुसार एक महिलाले आफूलाई विवाह गर्ने शर्तमा एक व्यक्तिले महिनौंसम्म यौनसम्पर्क गरेर अन्त्यमा छोडेको भन्दै दिल्ली हाइ कोर्टमा मुद्दा हालेकी थिइन्।

ती महिलाले आफ्नो उजुरीमा भनेकी थिइन्, ‘बिहे गर्ने शर्तमा आरोपीले मसँग तीन चार महिनासम्म शारीरिक सम्बन्ध राखेका थिए। तर अहिले बचन पूरा गरेनन्।’

लामो समयसम्म शारिरिक सम्पर्क राखेर अन्त्यमा बलात्कार भनिनु गलत रहेको उच्च अदालतले जनाएको छ। उच्च अदालतले भनेको छ, ‘यस केसमा ती महिलाले आफ्नो इच्छा अनुसार पुरुषसँग शारीरिक सम्बन्ध बनाएकी थिइन्। किनकी महिलाले ती व्यक्तिलाई माया गर्थिन्।’

न्यायाधीश विभु बखरुले विवाहको झुटो प्रतिज्ञा गरेर यौनसम्बन्ध राख्नुलाई लोभ भन्‍न सकिने बताए। उनले भने, ‘विवाहको वाचामा शारीरिक सम्बन्ध राख्नु लोभ हुन सक्छ। यद्यपि यो लोभ एक विन्दुसम्म रहन्छ। किनभने त्यो अवधिमा महिलाले अस्वीकार गर्न पनि सक्छन्।’

अदालतले घनिष्ट सम्बन्धमा रहेर शारीरिक सम्बन्ध राख्नुले यसमा महिलाको इच्छा र प्रेम मुछिएको छैन भनेर विश्वास गर्ने आधार नभएको बताएको छ।

महिलालाई यौनसम्बन्धका लागि तयार गर्ने अभिप्रायले विवाहको गलत उपयोग गर्नु महिलासँगको सहमतिको दुरुपयोग हो। ती मुद्दालाई मात्र भारतीय दण्ड विधानको धारा ३७५ अन्तर्गत बलात्कारमा राखिएको उनले बताए।

न्यायाधीश बखरूले ट्रायल अदालतको फैसलालाई समर्थन गरेपछि ती व्यक्ति बलात्कारको आरोपबाट मुक्त भएका छन्। ​बिबिसीका अनुसार महिलासँग विवाहको आश्वासन दिएर यौन सम्पर्क गरेको भन्‍ने बयान बलात्कार मान्‍न नसकिने जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *