काठमाडौं, २ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पु्ष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज ९बिहीबार० ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ ।

हाल क्वारेन्टाइनमा ४४४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ५८० जना सक्रिय संक्रमित छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *