विराटनगर, २ पौष–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट १९३, मेची अस्पताल र होटेल एसियाटिक आइसोलेसनबाट १२-१२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २-२ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २४६ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ४७ जना कोरोना संक्रमित थपिएका छन् । ४६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १५, जहदामा २, बूढीगंगा र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १-१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहबी र स्थानीय तह नखुलेका १-१, संखुवासभा र प्रदेश १ बाहिरका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *