दमक, २ पुस–झापाको दमकमा आज एकैदिन थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत मंगलबार बेलडाँगीमा स्वाव संकलन गरि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएका ५७ जना मध्ये ९ र अन्य ल्याब मार्फत मार्फत स्वाव परीक्षण गरिएका ४ जनामा गरी दमकका थप १३ जनामा संक्रमण देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।
त्यसैगरी, दमकसंगै जोडिएको कमल गाउँपालिकामा २ र गौरादह नगरपालिकामा समेत २ जनामा बिहिबारनै कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यलय झापाले जनाएको छ ।
देशभर ७७६ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको पिसिआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
