काठमाडौं, २ पुष–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ पाँच बजेको लागि डाकेको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति गरेर फिर्ता नै नभई बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बालुवाटार गएका थिए।

ओली–दाहाल भेटवार्ता पछि बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ। अध्यादेश फिर्ता नगरेसम्म आजको बैठकमा पनि विपक्षी दलको नेता शेरबहादुर देउवा पनि बैठकमा नजाने बताएका थिए।

त्यस्तै आजको बैठकबारे सभामुख अग्‍निप्रसाद सापकोटालाई भने कुनै जानकारी नै दिइएको थिएन।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेकपाभित्र विवाद झन चर्किएको छ। त्यसो त बुधबार बसेको नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

फिर्ता लिने निर्णय गराएर ओलीले फिर्ता नहुँदै परिषदको बैठक बोलाएपछि प्रचण्ड बालुवाटार गएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *