दमक, २१ पुस–झापाकोदमक क्षेत्रका सामुदायिक बिद्यालयहरुमा देखिएका समस्याको बारेमा आज मंगलवार नेपाली काङ्ग्रेस दमक नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

लामोसमयदेखि दमकको शैक्षिक क्षेत्रमा अस्तव्यस्त भएपनि स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेस दमकले चार सुत्रीय शैक्षिक मागपत्र बुझाईएको पार्टीका शिक्षा विभाग प्रमुख पर्शुराम रिजालले वताए ।

काङ्ग्रेस महासमिति सदस्य शेर बहादुर भट्टराई, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, जिल्ला सह-सचिव राजेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि घनेन्द्रराज योङया, नगरसभापति रोशन बिष्ट सहितको प्रतिनिधि मण्डलले दमक नगरपालिका प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिना, शिक्षाशाखा प्रमुख दिनेश न्यौपानेलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

पार्टीका नगर सभापति रोशन विष्टद्धारा हस्तक्षारित माग-पत्रमा तीन सदस्यीय अभिभावकविहीन कामचलाउ विद्यालय व्यवस्थापन समिति आजको मितिदेखि खारेज गरि ७ दिन भित्रमा विद्यालय व्यवस्थापन समिति गठन प्रकृया शुरु गर्नुपर्ने, राज्यले निशुल्क भनी घोषणा गरेको माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपले निशुल्क गर्नुपर्ने उल्लेख छ ।

यस्तै, पूर्व प्राथमिक तथा बाल कक्षाका शिक्षकहरु र विद्यालयका कर्मचारीहरुलाई तह अनुसार नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने व्यवस्थ गर्न तथा प्रमाणपत्रको नाममा विद्यालयहरुले लिदै आएको तिर्न नसक्ने गरि लगाएको शुल्क लिन तुरुन्त वन्द गर्न माग गरिएको रिजालले जानकारी दिए ।

ज्ञापन-पत्र बुझाउँदै कांग्रेस महासमिति सदस्य भट्टराईले शिक्षा क्षेत्रलाई सत्ताको उन्मादबाट नभई सहकार्यबाट अगाडि बढाउनु पर्ने सुझाव दिए । नगरपालिकाले बिद्यालयलाई राजनीतिको थलो बनाएको भन्दै उनले विगतमा कांग्रेससंग भएको सहमतीहरु कार्यान्वयन गर्न आग्रह समेत गरे ।

सो अवसरमा नगर प्रमुख ओलीले काङ्ग्रेसको ध्यानकर्षणलाई गंभीर रुपमा लिदै नगरपालिकाले चाडै प्रक्रियावाट बिद्यालय व्यावस्थापन समिति गठन गरिने जानकारी गराए । उनले अब बन्ने बिद्यालय व्यवस्थापन समितिमा समाजसेवी, चन्दादाता, शिक्षाप्रेमी र स्थानीय राजनितिक दलहरुको सहभागिता रहने प्रतिबद्धता समेत जनाएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *