काठमाडौं, २२ पुस–नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनविरुद्धको आन्दोलनमा हातेमालो गर्न तयार रहेको बताएका छन् ।
संसद् विघटनविरुद्ध नेकपाले इन्द्रेणी फुडल्यान्डमा आयोजना गरेको राजनीतिक दलहरुसँगको अन्तर्क्रियामा उनले आफ्नो पार्टी संयुक्त आन्दोलन जान तयार रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध एकजुट हुनुपर्ने उनको भनाइ छ । ‘हाम्रो स्पष्ट धारणा छ ओलीको संवैधानिक, प्रतिगामी कदमविरुद्ध संयुक्त आन्दोलनमा हाम्रो साथ रहन्छ,’’ उनले भने ।
महामन्त्री सिंहले व्यक्तिको निहित स्वार्थमा उठाइएको कदम खारेजयोग्य रहेको पनि बताए । मुलुकमा निम्तिएको संकटविरुद्ध एकजुट भएर लड्नुपर्ने उनको भनाइ थियो ।
