कबिध्वोज राई दमक, २२ पुस–किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस दमकमा सम्पन्न भएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका वरिष्ठ जेष्ठ नागरिक प्रेमबहादुर खोयाहाङ्गको आतिथ्यतामा सम्पन्न सो सातौं स्थापना दिवस कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो ।

झापाको दमकस्थित संघको मुख्यालयको प्राङ्गणमा आयोजना गरिएको सातौं स्थापना दिवस कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्नुहुने थिन्दोलुङ खोयाहाङ्ग वंशका दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

संघको आर्थिकस्थिततिलाई बलियो बनाउने उद्धेश्यले विधिवत् रुपमा स्थापना गरिएको अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई सोही समारोहमा प्रमाणपत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिज्यूलाई ढाका टोपी र सिलामसाक्मा उपहार प्रदान गरी अभिनन्दन गरिएको थियो ।

साथै समारोहमा सहभागी सम्पूर्ण महानुभावहरूलाई सिलामसाक्मा प्रदान गरिएको थियो। श्रीमती अम्बिकादेवी योङ्हाङ खोयाहाङ्ग, श्रीमती धनमाया थेबे खोयाहाङ्ग, छत्र खोयाहाङ्गलगायत विभिन्न महानुभावहरूले सातौँ स्थापना दिवसको अवसरमा संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथिज्यूको हस्तबाहुलीबाट पानसमा दीपप्रज्वलन गरी प्रारम्भ गरिएको सातौं स्थापना दिवस कार्यक्रमको सञ्चालन केन्द्रीय कोषाध्यक्ष कुमार खोयाहाङ्गले गर्नुभएको थियो भने केन्द्रीय महासचिव प्रेमकुमार खोयाहाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो । यसरी नै केन्द्रीय सल्लाहकार परिषदका सभापति दङ्गधोज खोयाहाङ्गले संघको सातौं स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामना काठमाण्डौंबाट भर्च्युअली प्रदान गर्नु भएको थियो ।

यसअघि, अक्षयकोष कार्यक्रमका सदस्यहरूलाई घरघरमै गई प्रमाणपत्र वितरण गर्ने संघको नीति अनुरुप अध्यक्ष क्याप्टेन श्री रविनकुमार खोयाहाङ्गको नेतृत्वमा उपाध्यक्ष क्याप्टेन टेकेन्द्र खोयाहाङ्ग, महासचिव प्रेमकुमार खोयाहाङ्ग र कोषाध्यक्ष कुमार खोयाहाङ्गको चार सदस्यीय टोली धनकुटा पुगी प्रमाणपत्र वितरण गरिएको थियो ।

किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघ, शाखा कार्यसमिति धनकुटाको अगुवाइमा बैठक बसी छलफल तथा विचारविमर्श कार्यक्रम समेत तय गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *