काठमाडौं, २४ पुस–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत यस्तो जानकारी गराएको बीबीसीले जनाएको छ ।

उनले व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।

अमेरिकी संसद् भवन ९क्यापिटल बिल्डिङ०मा हिंसा भएको २४ घण्टापछि उनको धारणा आएको हो ।

उनले भनेका छन्, “मैले अमेरिकी संसद् ९क्यापिटल बिल्डिङ०मा भएको हिंसाबाट सुरु गर्न चाहन्छु । बाँकी अमेरिकीजस्तै म पनि उक्त हिंसाबाट उत्पन्न परिस्थितिप्रति दुखी छु । त्यहाँको सुरक्षा व्यवस्था शान्त पार्नका लागि मैले तत्कालै सुरक्षा फोर्स तैनाथ गर्न निर्देशन दिएको थिएँ ।”

ट्रम्पले हिंसामा संलग्नहरु आफ्नो देशका नागरिक हुनै नसक्ने बताउँदै जसले कानुन तोडेका छन् उनीहरु कारबाहीको भागिदार हुनुपर्ने बताए । ट्रम्पले व्यवस्थित सत्ता हस्तान्तरणको लागि तयार रहेको बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *