अनिलदेब राई/दमक, २४ पुस–नेपालको अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले शुक्रबार झापाको दमकमा अभिकर्ता सम्मान तथा पूर्नर्ताजकी तालीम सम्पन्न गरेको छ ।
कम्पनीको दमक शाखाले आयोजना गरेको कार्यक्रममा दमक र उर्लाबारी शाखाबाट आर्थिक बर्ष २०७६/०७७ अन्तर्गत उत्कृष्ट अभिकर्ताहरु र एमडिआरटी २०२१ मा पर्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको भवनमा आयोजित कार्यक्रममा कम्पनीका केन्द्रीय कार्यालयका विभाग प्रमुख बिवेक शर्मा र कम्पनीका प्रदेश १ प्रमुख नरेन्द्र राईले अभिकर्ताहरुलाई सम्मान गर्नुभएको थियो भने तथा तालिममा प्रशिक्षण समेत गर्नुभएको थियो ।

दमक शाखाबाट आर्थिक बर्ष २०७६/०७७ मा व्याक्तिगत कोडमा व्यवसाय गरी टप-७ मा पर्न सफल अभिकर्ताहरु नारायण प्रसाद खरेल (प्रथम), ध्रबकुमार अधिकारी (दोस्रो), कविता राई (तेस्रो), युवराज दगाल (चौथो), धनमाया समाल मगर (पाचौं), अर्जुन राई (छैटौ) र कल्पना बोहोरा (सातौ) छन् ।
त्यस्तैं, आर्थिक बर्ष २०७६/०७७ अन्तर्गत सञ्जालसहितको कोडबाट टप–३ मा पर्न सफल अभिकर्ताहरुमा नारायण प्रसाद खरेल (प्रथम), टीका प्रसाद खरेल (दोस्रो) र युवराज दंगाल (तेस्रो) छन् ।
आर्थिक बर्ष २०७७/०७८ को श्रावणदेखी मंसिरसम्ममा ब्याक्तिगत कोडमा व्यबसाय गरी शिर्ष स्थानमा पर्न सफल अभिकर्ताहरुमा सावित्रा घिमिरे र अर्जुन राई (श्रावण), सुजता ढकाल र गोपाल काफ्ले (भाद्र), जसुदा लिम्बू (असोज), मन्जु मुखिया र दिपेन्द्र राई (कार्तिक) र पारस कार्की (मंसिर) छन् ।

यसैगरी, एमडिआरटीमा छनौट हुनुहुने अभिकर्ताहरुमा दिक्षा बुढाथोकी, रिता बुढाथोकी, मन्जु मुखिया, दिपेन्द्र राई, कविता राई, अम्बिका दंगाल, टिका खरेल, नारायण प्रसाद खरेल, ध्रुबकुमार अधिकारी छन् ।
यता, सोही कार्यक्रममा उर्लाबारी शाखा अन्तर्गत आर्थिक बर्ष २०७६/०७७ व्याक्तिगत कोडमा व्यबसाय गरी टप–३ मा पर्न सफल अभिकर्ताहरुमा प्रथम स्थान प्राप्त गर्नुहुने रिता सिग्देल (बन्धु कुमार निरौला), दोस्रो स्थान प्राप्त गर्नुहुने अर्जुन कुमार न्यौपाने र तेस्रो स्थान प्राप्त गर्नुहुने उषा अधिकारी हुनुहुन्छ ।
सन्जालसहित कोडबाट व्यवसाय गरी टप-३ मा पर्न सफल अभिकर्ताहरुमा बन्धुकुमार निरौला (प्रथम), भरत कडेल (दोस्रो) र खेमकुमार गौतम (तेस्रो) हुनुहुन्छ भने एमडिआरटीमा छनौट हुनुहुने अभिकर्ताहरुमा बन्धु कुमार निरौला, अर्जुन कमार न्यौपाने र एक्सीलेन्ट अर्वाडमा बिष्णु निरौला हुनुहुन्छ । निरौलाले छोटो समयमा राम्रो व्यवसाय गर्नुभएको भन्दै खदा र ट्रफिले सम्मान गरिएको थियो ।

दमक शाखा प्रमुख सुमन कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी केन्द्रीय कार्यालयका कार्यक्रम बिभाग प्रमुख बिवेक शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
सो कार्यक्रमलाई कम्पनीका मोरङ उर्लाबारी शाखा प्रमुख मोहन कुमार कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रदेश १ का प्रमुख एबम् शाखा प्रवन्धक नरेन्द्र राई, अभिकर्ताको तर्फबाट टिका प्रसाद खरेल र बन्धु कुमार निरौलाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कम्पनीको बिर्तामोड शाखा प्रमुख रोशन कु्बरको पनि सहभागिता रहेको थियो ।
दमक शाखा प्रमुख सुमन कुमार राईले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण कार्यक्रम भिडभाँड नगरी उच्च सावाधानीसहित कार्यक्रम आयोजना गरिएको बताए ।

