धरमपुर, २४ पुस–झापाको गौरादह नगरपालिकाको वडा नं ९ बैगुनधुरास्थित त्रिवेणी चौकदेखी वडा नं ७ को सुर्यदय टोल जोड्ने किस्ने खोलामा ट्रस (झोलुङ्गे) पुल निर्माण हुने भएको छ ।
शुक्रबार एक कार्यक्रमबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेश १ का सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य झलकसिंह दर्लामी मगरले संयुक्त रुपमा झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको थियो ।
प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट नगद रु ३४१४२१.४९, फलामे सामाग्री वापत रु ६०५०४२१.४९, झोलुङ्गे पुल कार्यक्रमबाट रु २८५१० र समुदायबाट जनश्रमदान वापत रु १९३७४८.१६ सहित जम्मा रु ९६८७४०७.९९ लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको हो ।
प्रदेश सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार निर्माण हुने झोलुङ्गे पुलको लम्बाई १२० मिटरको हुने छ ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार झापाका कार्यालय प्रमुख रमेश श्रेष्ठ, सिनियर इन्जनियर राम लखन माझी, साहारा नेपालका प्राविधिक लिला नेपाल र गौरादह ७ का वडाध्यक्ष बलराम खरेल र ९ का वडाध्यक्ष सिताराम अधिकारी लगायत राजनीति तथा सामाजिक व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।
