काठमाडौं, २५ पुस–काठमाडौंको टोखामा श्रीमान्श्री-मती मृत अवस्थामा भेटिएका छन् । श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएको र श्रीमान् बेडरुममा मृत र श्रीमती झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार अहिले नै घटनाबारे विस्तृत रुपमा खुलेको छैन ।

सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको बताइएको छ । श्रीमतीले श्रीमान्‌को हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *