विराटनगर, २५ पुस–जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा। भट्टराईले ओली सरकारको चुरिफुरी केहि दिनका लागि मात्रै भएको बताए ।

ओलीले संविधानविपरीत प्रनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेका कारण सरकारविरुद्ध आन्दोलन शुरु भइसकेकाले ओलीको चुरिफुरी धेरै दिन नटिक्ने उनको भनाइ छ । ‘केपी ओली जो अहिले चुरिफुरी गरिरहेका छन् ।

यी प्रतिक्रान्तिकारीलाई जनताले नाङ्गेझार पार्छन्,’ भट्टराईले भने । ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बोटो लिएको भट्टराईको आरोप छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पञ्चायत जस्तो धेरै वर्ष यो सरकार नरहने स्पष्ट पारे । पञ्चायत जस्तो यो सरकार ढाल्न ३० वर्ष नलाग्ने ३० दिन वा तीस हप्ताभित्र फलिसक्ने उनले स्पष्ट पारे। ‘प्रतिगमनकारी सरकार ३० दिनभित्रै नभए ३० हप्ताभित्र फालिसक्छौं,’ भट्टराईले भने ।

यो सरकार फालेर अझ उन्नत व्यवस्था लागु गर्ने भट्टराईको भनाइ थियो । यो सरकार फालेर प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान संशोधन गरी शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिकतालगायतका विषयलाई सम्बोधन गर्दै उन्नत किसिमको व्यवस्था लागू गर्ने आफुहरूको अजेन्डा रहेको भट्टराईले स्पष्ट पारे ।

भट्टराईले ओली सरकारले चुनाव नगराउने दाबी गर्दै ओलीको पछि लागेर चुनावमा जानु गलत हुने बताए । सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै भट्टराईले कांग्रेसले इतिहासलाई सम्झन सुझाव दिए । ‘राजा महेन्द्रले गराएको वा ज्ञानेन्द्रले गराएको चुनावमा कांग्रेस सहभागी भएको थिएन,’ उनले भने, ‘अहिले पनि कांग्रेसले इतिहासलाई सम्झिएर निर्णय गरोस् ।’ भट्टराईले संसद् पुनस्र्थापना गरेर संसद्बाटै राजनीतिक निकास खोज्नुपर्ने धारणा राखे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *