काठमाडौं, २५ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताए ।

संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार हटाइएको भन्दै असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनै हालतमा हुन नसक्ने बताए ।

कांग्रेस नेता सिंहले अघि भने, ‘दुई तिहाईको सरकार भन्ने, तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ ?’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *