झिलझिले, २५ पुस–साइनो बचत तथा ऋण सहकारी संस्थाको छैटौ बार्षिक उत्सवको अवसर पारेर झिलझिलेमा खुल्ला रक्तदान कार्यक्रम गरिने भएको छ । झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थाले ३ माघ शनिबार बिहान ८ बजे खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको हो ।

संस्थाका अध्यक्ष दिपक मेन्याङबो (बिकेन) का अनुसार संस्थाद्धारा झिलझिलेमा यो तेस्रो पटक रक्तदान कार्यक्रम हो । यसअघि, झिलझिलेमा साइनो बचत तथा ऋण सहकारी संस्थाले चौथो र पाँचौ बार्षिक उत्सवको अवसरमाा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष मेन्याङबोले जानकारी दिनुभयो ।

दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रममा संस्थाका शेयर सदस्यहरु, संस्थाका सञ्चालक समिति, विभिन्न उपसमितिहरु, सल्लाहाकार समिति, कर्मचारीहरु र स्थानीय संघसंस्था, प्रहरीसहित रक्तदाताहरुलाई सहभागिताको निम्ति जानकारी गराइसकेको अध्यक्ष मेन्याङबोले बताउनुभयो ।

शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजार र शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज बजारमा सेवा केन्द्र मार्फत स्थानीयवासीलाई सेवा प्रंदान गरिरहेको साइनो बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष मेन्याङबोले जानकारी गराउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *