काठमाडौं, २५ पुस–कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा शनिबारकाठमाडौं क्षेत्र नम्बर ४ ९ख० को आयोजनामा भएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिंड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै नसक्ने उनको भनाइ छ ।

उनले ओलीले भङ्ग गरेको संसद सम्मानीत अदालतले पुनस्र्थापित गर्ने दावी गरे । उनले संसद पुनस्र्थापनापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाइने बताए ।

‘प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले सम्बोधन गर्दै भने, ‘हामी क्रान्तिकारी हौं, प्रधानमन्त्री क्रान्तिकारी होइनन्, संसद छोडेर भागेका भगौडा हुन् । क्रान्तिकारी भए अविश्वासको प्रस्ताव सामना गर्नु हुन्थ्यो ।’

त्यसैगरी, प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेलाई शुक्रबार धनगढीमा आयोजित सभामा संविधान पढ्न सुझाव दिएका ओलीलाई जवाफ दिँदै थापाले सँगै बसेर संविधान पढ्न खुलामञ्च आउन आह्वान गरेका छन् ।

‘हिजो धनगढी पुगेर प्रधानमन्त्री ओलीले संविधान पढ्न सुझाव दिनु भएछ’, थापाले भने, ‘कमरेड ओली आउनुहोस् । तपाईं सुवास नेम्वाङ र अग्नि खरेल लिएर आउनुहोस । म संविधान ढोग्ने रामवरण यादवलाई लिएर आउँछु । खुला मञ्चमा सँगै बसेर संविधान पढौँ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *