एजेन्सी, २५ पुस–अन्य प्राणीहरु जस्तै मानिसका पनि संवेदनशील अंगहरु छन् तर मानिसले अन्य प्राणीभन्दा भिन्न रुपले ती अंगहरुको सरसफाई र हिफाजत गर्दछ । नाक, कान, घाँटी, जिब्रो, आँखा आदिको जसरी मानिस सरसफाई गर्दछ त्यसको तुलनामा लिङ्ग र योनीको सुरक्षा र सरसफाईमा ध्यान दिंदैन । त्यसको कारणले पुरुषको लिङ्ग र महिलाको योनीमा विभिन्न समस्याहरु देखा पर्दछ ।
जसमध्ये लिङ्ग बांगो हुनु, योनी सुख्खा हुनु पनि हो । यी समस्यालाई स्वास्थ्य क्लिनिकहरुमा निकायका रुपमा र स्वास्थ्य सल्लाहमा प्रश्नका रुपमा देखा पर्ने गरेको पाइन्छ । अब यसको कारण असर र रोकथामको बारेमा जानकारी राख्न जरुरी छ ।
पुरुषको लिङ्ग यस्तो मांशपेशीले बनेको हुन्छ जसमा अधिक मात्रामा रक्तनलीहरु हुन्छन्् । जव पुरुषलाई यौन उत्तेजना जाग्दछ तव लिङ्गमा रक्त प्रवाह बढी हुने गर्दछ र लिङ्ग ठाडो र दर्हो हुने गर्दछ ।
लिङ्गको यही कडापनले गर्दा नै यौन कार्यको बेला सजिलैसँग योनी भित्र पसाउन सजिलो हुन्छ । लिङ्ग ठाडो र दर्हो हुने क्रिया महिलासँगको सम्भोगको बेलामा मात्र नभई यौन सम्बन्धी पुस्तक पढ्दा, फिल्म पोष्टर वा चित्र आदिका उत्तेजनात्मक दृश्य देख्दा यौन कल्पना सोचाई विचार तथा स्वप्न अवस्थामा पनि हुन सक्छ ।
जव यी कुरामा पुरुष बढी संयमी हुन सक्दैन तव उसको लिङ्ग बढी मात्रामा उत्तेजित र ठाडो भइरहन्छ । यस्ता पुरुषहरुको सामान्यतया गाडीहरुमा महिलाहरुको अंग देखेर पनि उत्तेजित हुने र लिङ्ग उठिरहने हुन्छ ।
यसरी आफ्नो लिङ्ग उठिरहने पुरुषले विभिन्न अवस्थामा लिङ्गलाई बंग्याएर राख्ने गर्दछन् । जस्तै कसैले लिङ्गको टुप्पोलाई सिंधै तल मलद्वारतिर राख्ने गर्दछन् भने कसैले दायाँतिर कसैले बायाँतिर र कसैले सोझै माथि नाभीतिर ठड्याएर राखी कस्सीलो अण्डरवेयरले च्याप्ने गर्दछन् ।
यसरी आफ्नो बानी अनुसार एकैतिर बंग्याएर च्याप्ने बानीले गर्दा लिङ्गको बीचको भाग कसेको दबेको र कसैले उठेको हुन गई लिङ्ग बांगो हुने गर्दछ जुन माथिको कारणसँग सम्बन्धित छ ।
दोस्रो कारण यौन उत्तेजना बढी भएको र यौन जोडिको अभावको बेला अधिकांश पुरुषहरु हस्तमैथुन गर्ने गर्दछन् । अधिक हस्तमैथुन गर्ने पुरुषहरुको लिङ्ग पनि केही बांगो हुने गर्दछ । तर कोही कोही पुरुषहरु भने कडा बस्तु जस्तै भुई, भित्ता आदिमा लिङ्ग दल्ने गर्दछन् । यो तरिका अति नराम्रो खतरनाक पनि हो ।
अधिक उत्तेजनाका बेला केही नभए पनि स्लखन पछि लिङ्ग पोल्ने, टट्याउने र दुख्ने हुन्छ र लामो समयसम्म लिङ्गको केही भाग सुन्नीले पनि भइरहन्छन् जसका कारणले पनि लिङ्ग बांगो देखिन्छ ।
त्यसैगरी केही महिलाहरु पनि अधिक यौन उत्तेजनाका बेला आफ्नो योनीहरुलाई कडा र चिप्लो भुईंमा दल्ने गर्दछन् जसको कारण योनीमा फोहोरीको संसर्गले घाउ हुने, पोल्ने भई योनी सुख्खा रहन्छ जुन सफल यौन क्रियाको लागि अति बाधक अवस्था हो ।
अर्को कारण दिसा नधुने, पातपतिंगरले पुछ्टै ल्याउने बानीले गर्दा पनि दिसामा भएको सूक्ष्म कीटाणुहरुले योनीद्वारमा सजिलै आक्रमण गरी यौन चिलाउने पिसाव पोल्ने र सेतो पानी बग्ने समस्याहरु बढ्न गई अन्यमा योनी पूरा सुख्खा हुने गर्दछ ।
अर्को कारण योनीसम्म भिज्ने गरी पानीमा काम गर्ने महिला ९प्रायः तराईमा निर्भर माछा पार्ने महिलाहरु० र चिसो लुगा लगाउने महिलाहरुमा ढुसीको आक्रमणले पनि पछि योनी सुख्खा हुने गर्दछ ।
योनीमा हातले चलाईरहने, भित्री कपडा खस्रो लगाउने कारणले पनि पछि पनि योनीमा सुख्खा हुने गर्दछ जेहोस्, जे कारणले योनी सुख्खा भए पनि यसले गर्दा योनी सुख्खा दुख्ने पोल्ने भई कसै(कसैमा ओंठ फुटे झैं योनीको बाहिरी भाग चिरीले हुन्छ जुन सफल यौन कृयाको अवरोधको अवस्था हो ।
यसबाट पहिला योनीमा टट्याउने, पोल्ने, दुख्ने, घाउ हुने आदि शारीरिक असर देखा पर्छ भने यौन तृष्णाको बेला आनन्द लिन असमर्थ भएका कारण उनी मानसिक रुपले पनि पीडित हुन्छन् ।
यस्तो अवस्थामा जब आफ्नो श्रीमान् रति सम्बन्धका लागि आफू नजिक आउँछ तव पहिल्यै उनी डराउने, आत्तीने र रुने गर्दछिन् । महिलाका यी समस्याहरु विशेष गरी यौनक्रिया बाहेक मनोरञ्जनको अर्को साधन भएको हाम्रो जस्तो अशिक्षित मुलुकमा अहिलेसम्म पनि छिपिरहेको विकराल अवस्थामा विद्यमान छ ।
लिङ्ग बाङ्गो हुने पुरुषहरु भने आफ्नो यौन जोडीलाई यौन सन्तुष्टि पूरा गराउन सक्दिनकी भन्ने मानसिक असरबाट पीडित रहेको पाइन्छ । यो वास्तवमा भ्रम मात्रै हो । लिङ्ग बाङ्गो भएकै कारणले यौन सन्तुष्टि पूरा गराउन नसक्ने होइन कि गलत मानिसक सोचाई तथा हिन भावनाका कारणले पुरुष पीडित भएको हो ।
यी दुई समस्याबाट सुरक्षित हुन माथिका कुराहरुलाई ख्याल राखी लिङ्ग र योनीलाई अन्य अंग सरहनै सफा र सुरक्षित राख्ने, सफा नरम र सुख पेन्टी लगाउने हरेक उत्तेजनात्मक किताब पढ्दा र दृष्य हेर्दा धैर्य र संयमित हुने कडा ठाउँमा लिङ्ग र योनी नदल्ने र लिङ्ग तथा योनीमा कुनै पनि समस्या देखिनासाथ यौन रोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गराउनु फाइदा हुनेछ ।
नेपाल न्युज डटकम
