पर्सा, २६ पुस–नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले चैतभित्रै अर्का प्रधानमन्त्री चयन हुने दावी गरेका छन्‌।

​प्रदेश २ को वीरगन्ज महानगरपालिकामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले शनिबार यस्तो बताएका हुन्।

‘असंवैधानिक ढंगले विघटित संसद्‌ पुनस्स्थापित हुनेछ, पार्टीको आधिकारिकता पनि हामीहरूले नै पाउनेछौं, यी दुवै सवाल सर्वोच्च र निर्वाचन आयोगमा पुगिसकेका छन्। संविधानतः संसद पुनस्स्थापना हुन्छ र जनताले निर्वाचित गरेका मध्येबाटै जुनसुकै हालतमा पनि चैतभित्र अर्को प्रधानमन्त्री बन्छ,ु नेता पौडेलले भने। पार्टीको आधिकारिकता पनि आफूहरूको पक्षमा रहने उनले दावी गरे।

‘४ सय ४५ केन्द्रीय सदस्यमध्ये ३ सय २० सदस्य स-शरीर निर्वाचन आयोगमा उपस्थित भएर आधिकारिकताको माग दावी गरेका छौं,’ पौडेलले भने, ‘विधानतः बहुमत केन्द्रीय सदस्यहरूको गणपूरक संख्या भएको पक्षलाई निर्वाचन चिन्न र पार्टीको आधिकारिकता दिने प्रावधान छ, हामी त्यो प्रावधानमा अब्बल छौं।’ त्यसैले पार्टीको आधिकारिकता र सूर्य चिन्न पनि आफूहरूकै पक्षमा हुने उनले जिकिर गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *