जनकपुरधाम, २६ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेपाल) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बाठो स्यालको संज्ञा दिएका छन् ।

आइतबार बिहान जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले शेर र स्यालको कहानी जस्तै प्रधानमन्त्री ओलीले आफूलाई बाठो स्याल ठानेको बताएका हुन् ।

नेता नेपालले विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गिरिजाप्रसाद कोइराला र आफूलाई छुट्टै प्रलोभन देखाएर निरंकुश शासन व्यवस्था टिकाउ खोजेको स्मरण गर्दै उनले भने, ‘तर, स्यालसँग शेरले धोका खाने दिन गए ।’

‘प्रचण्ड, वामदेव गौतम र मलाईंलाई अल्गाउन प्रधानमन्त्री ओलीले पटक–पटक झुठो आश्वासन र प्रलोभन देखाए’, उनले भने, ‘तर, तीनै जना एक ठाउँमा बसेर कुरा गरेपछि मात्रै ओलीको व्यवहारको भण्डारफोर भयो ।’

उनले संविधानलाई कुल्चने, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीकरण, कम्युनिष्ट सिद्धान्तलाई समाप्त गर्ने काम जनताले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।
नेता नेपालले अनुशासनको कारबाही गरेर ओलीलाई अध्यक्षबाट हटाई सकिएकोले उनी गुटको नेता मात्र रहेको दावी गरे ।

‘कसैलाई भ्रम नहोस् नेकपाको अध्यक्ष केपी ओली होइनन्, उनी मदनभण्डारी फाउण्डेसन गुटको नेता भइसकेका छन् । हामीले उनलाई कारबाही गरेर अध्यक्ष पदबाट मुक्त गरिसकेका छौं’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले ध्वंसात्मक प्रवृतिका ओलीले पार्टीभित्र विवादको कारण देखाउँदै आफ्नो घरको साथै अरुको घर पनि जलाई दिने काम गरेर देशलाई अनिश्चितातर्फ धकेलेको आरोप लगाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *