दमक, २६ पुस–मुन्धुम अध्येता तथा साहित्यकार थाङ्साङ लावती (महामूर्ख) ले “मुन्धुम परम बिज्ञान” नामक कृति निकालेका छन् ।

याक्थुङ लेखक संघ उपत्यका समितिले गत बिहीवार चुम्लुङहिम ललितपुरमा एक कार्यक्रमकाबीच लावतीको कृति लोकापर्ण गरिएको हो । आफूले लामो अध्ययनपछि मुन्धुम सम्बन्धी कृति निकालेको लेखक लावतीले वताए ।

लोकापर्ण कार्यक्रममा राजनैतिक बिश्लेषक तथा लेखक युग पाठक, प्राध्यापकहरु बालकृष्ण माबुहाङ, अमर तुम्याङ, टंक सेलिङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम र डिवी आङ्बुङले कृति माथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा ज्योतिषविद डा.चन्द्रकुमार शेर्मा, लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोबिन्द आङ्बुङ, नेता खगेन्द्र माखिम, कवि बिमला तुम्खेवा, लेखक तथा चलचित्रकर्मी सागर केरुङ र पदम चेन्जी माबोले शुभकामना मन्तव्य राखेका थिए ।

इलाम चुलाचुली-१ निवासी लावतीले यसअघि साहित्यका विभिन्न कृतिहरु पनि वजारमा ल्याएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *