काठमाण्डौं, २६ पुस–पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ ।
५१३ जना कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन् । संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ र कूल मृत्यु हुनेको संख्या १ हजार ९१७ जना रहेको पुगेको छ ।
