दमक, २६ पुस–इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) बिजयराज पण्डितले आफ्नो दमक बसाईका क्रममा केहि महत्वपूर्ण कामहरु गरेको बताएका छन् ।

आज आफ्नो कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रहरी नायब उपरिक्षक पण्डितले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका बिषयमा जानकारी गराएका हुन् । आफ्नो कार्यकालमा २१६ वटा बिभिन्न शिर्षकका मुद्धा दर्ता भएकोमा १३४ वठा फर्छौट भएको र ८२ वटा फर्छौट हुन बाकि रहेको उनले बताए ।

यस्तै आफ्नो कार्यकालको आधा अवधि कोरोना भाईरसको संक्रमणका कारण सरकारले लकडाउन गरेकाले आफुहरुले लक डाउन कार्यनवयनका क्रममा बिबिध काम गरेको उनले सुनाए । बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्नेदेखी लिएर पशलहरुमा सामाजिक दुरी कायम गराउने जस्ता कामहरु दमक प्रहरीले गरेको पण्डितको भनाइ छ ।

यस्तै आफ्नो कार्यकालको अवधिभर केहि हत्याका घटना समेत भएकाले त्यसको अनुसन्धानमा आफुहरुलाई सफलता मिलेको उनले जानकारी गराए । बिबिध चुनौतीका बिचपनि आफुले आफ्नो कार्यकाल भर दमक र आफु मातहतका क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन निरन्तर लागिपरेको दावी पण्डितको छ ।

दमकमा १५ महिनाको बसाईपछि प्रहरी नायब उपरिक्षक पण्डितको सरुवा गण्डकी प्रदेशमा भएको छ । पण्डितको स्थानमा दमकमा नबराज कार्की दमक प्रहरी प्रमुख भएर आउने भएका छन् । प्रधानमन्त्रीको गृहनगर समेत भएकाले दमकमा आउने प्रहरी नायब उपरिक्षकलाई निक्कैनै महत्वका साथ हेरिने गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *