दमक, २७ पुस–धिमाल जातिय विकास केन्द्रको अध्यक्षमा लोकबहादुर धिमाल निर्वाचित भएका छन् ।
सो केन्द्रको मोरङको उर्लावारी –३ मंगलवारेस्थित आफनै सभाहलहमा सम्पन्न छैठौ राष्ट्रिय महाधिबेशनबाट दमक नगरपालिकाका पूर्व उपमेयर समेत रहिसकेका लोकबहादुरको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । २०५० सालमा स्थापित सो केन्द्र धिमाल समुदायको एक मात्र जातिय सामाजिक संस्था हो ।
सर्वसम्मत निर्वाचित समितिको सहअध्यक्षमा कृष्णबहादुर, अम्बरवहादुर, वरिष्ठ उपाध्यक्ष नम्बरलाल र पाँच जना उपाध्यक्षहरुमा क्रमशः वर्तबहादुर, केदार, खड्गबहादुर, शान्तिदेवी र कविराज धिमाल चुनिएका छन् ।
त्यस्तै,महाधिबेशनले केन्द्रको महासचिवमा केदार ,सचिवद्धयमा रुकमणि र गिरीराज तथा कोषाध्यक्षमा रत्नबहादुर धिमालसहित अन्य २२ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको गठित निर्वाचन समितिका संयोजक रामबहादुर धिमालले वताए ।
उनका अनुसार केन्द्रीय सदस्यहरुमा दयाराम, गंगाराम, गिता, सविता, तिलक, प्रथम, लेखलाल, मोहन, हरिप्रसाद, नारायण, मुखमेल, प्रतिमा, रत्निमाया, गजेन्द्र, नेत्रकुमारी, प्रदिप, सुरेन्द्र, विक्रेन्द्र, सुनिल, खगेन्द्र, मञ्जु र रोमान्सी धिमाल चुनिएका छन् ।
पूर्वको झापा र मोरङमा मात्र बसोबास रहेका आदिवासी धिमाल समुदाय करिव ५० हजारका हाराहारीमा रहेको अनुमान छ । तर २०६८ को जनगणनामा भने धिमालहरुको जनसंख्या २६ हजार २ सय ९८ मात्र रहेको उल्लेख छ ।
