जीवनसिंह राजवंशी/माइधार (झापा), २८ पुस–हरेक प्रत्येक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला कोरोना भाइरसका कारण यस वर्ष नलाग्ने भएको छ । हरेक वर्षको माघ १ गते देखी ३ गतेसम्म कनकाई नदीको दुवै किनारमा बृहत मेला लाग्दै आएको थियो ।
मेला माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्दै आएको थियो माईधार क्षेत्रमा शिवसताक्षी नगरपालिकाले र कोटिहोम क्षेत्रमा कनकाई नगरपालिकाले संयुक्त रूपमा मेला आयोजना गर्दै आएको थियो । तर, यस बर्ष भने कोरोना भाईरसको सम्भावित जोखीमका कारण मेलाको आयोजना नगरीएको जनाईएको छ ।
मेलाको आयोजना नगरेपनि स्वास्थ्य सावधानी अपनाएर मक्कर स्नानका लागी आएका श्रद्धालुहरुलाई भने कुनै रोकछेक नगरीको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत गीता राईले बताउनुभयो ।
मकर नुहाउन र मेला भर्न झापा, मोरङ, सुनसरी तथा भारतबाट हजारौं श्रद्धालुहरु आउने यस ठाउँमा यो वर्ष दुबै नगरपालिकाले मेला नलगाउने निर्णय गरेको हो । दुबै नगरपालिकाले कोरोना भाइरस संक्रमणका कारण यस वर्षको मेला नलगाउने निर्णय गरेका हुन् । यस बर्ष हाटबजार लगाउने टेन्ट टाङ्ने, पिङ, सर्कसजस्ता मनोरञ्जनलगायतका सम्पुर्ण गतिविधिमा रोक लगाईएको हो ।
नेपालका विभिन्न धार्मिक महत्व बोकेका नदीहरू मध्ये कन्काई माईको छुट्टै महत्व छ । यो नदीमा हिन्दू धर्मावलम्बी भक्तजनद्वारा आस्थापूर्वक स्नान, पूजाआराधना गर्ने प्रचलन रहिआएको छ ।
आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास रहँदै आएको यो नदीमा माघे संक्रान्तीका दिन मकर नुहाउनेको घुइँचो नै लाग्ने गरेको थियो ।
