सिन्धुपाल्चोक, २८ पुस–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताएका छन्। कांग्रेस केन्द्रीय खेलकुद विभागले बाह्रबिसे नगरपालिका–४ पलाँतीमा आयोजना गरेको कोमलमाया–खड्गबहादुर बस्नेत स्मृति खेलकुद प्रतियोगिता कार्यक्रमको समापन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले अदालतमा विचाराधीन विषयमा कांग्रेसले दबाब नदिएको बताए। ‘सडक आन्दोलनबाट कुनै निर्णय हुँदैन,’ उनले भने, ‘अहिले अदालतमा मुद्दा विचाराधीन छ। अदालतको निर्णय कुर्नु नै आजको आवश्यकता हो।’

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको जुनसुकै निर्णय पनि स्वीकार गर्ने प्रष्ट्याए। ‘अदालतले संसद पुनर्स्थापना गरेमा संसदमा जान तयार छौँ। निर्वाचन हुने भएमा त्यसका लागि समेत तयार नै छौँ,’उनले भने, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको निर्णयलाई स्वीकार गर्छ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *