काठमाडौं, २८ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिक पार्टी आफ्नो पक्षको रहेको अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। गण्डकी प्रदेशमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुट मात्रै चलाएको आरोप लगाए। ‘उहाँले आफूलाई पार्टीभन्दा माथि ठान्नुहुन्छ। तर, उहाँले चलाएको ुकेपी ओली फाउण्डेसनु गुट मात्रै हो। आधिकारिक नेकपा हामी हौँ’ उनले भने।

‘पार्टीको ४४१ केन्द्रीय सदस्यमा ३१५ भन्दा बढी हुन्छ कि उहाँको पक्षमा देखिएका ११८ जना धेरै हुन्छ ?’ उनले भने, ‘हामी पार्टीको विधान र संविधान बमोजिमको निर्णय मान्छौँ। पार्टीभित्र बहुमतको निर्णय पार्टीको निर्णय मान्य हुन्छ।’

पार्टीको विधानमा बहुमतको निर्णय मान्य हुन्छ भनेर स्पष्ट रूपमा लेखिएको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले एकलौटी चल्न खोजेर पार्टी निष्क्रिय बनाएको आरोपसमेत लगाए।

‘उहाँले पार्टीलाई निष्क्रिय बनाउनुभयो। कमिटीका बैठकसमेत राख्नुभएन। बैठकमा नआउने ओली प्रवृत्तिको कारणले पार्टीभित्र समस्या भइरह्‍यो’ उनले भने।

पार्टीलाई अघि बढाउन छलफल र बहस हुनुपर्ने बताए। ‘उहाँ बैठकमा नआउने छलफल नै नगर्ने उहाँको कुरामा नतमस्तक हुनुपर्ने कारण के हो ?’ उनले प्रश्न गर्दै भने,’गुट चलाउने मान्छेले पार्टीको निर्णय मान्दिनँ भन्न पाउँदैन।’

प्रधानमन्त्री ओलीलाई गल्ती स्वीकार गर्न आग्रह गरे। ‘तपाईंले गल्ती स्वीकार गरेर फर्किनुहोस्। प्रतिनिधिसभा विघटन गरेर मैले गल्ती गरेँ भनेर त्यो गल्ती स्वीकार गर्नुहोस्’ उनले भने, ‘केपी ओली सुध्रिने मान्छे त होइन। उहाँ सुध्रिनु भनेको बालुवा पेलेर तेल निकाल्न खोज्नु जस्तै हो।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *