मोरङ, २९ पुस–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गलत कामलाई ढाकछोप गर्न सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् ।

विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेशको मुख्यमन्त्री अयोग्य, असक्षम एवं भ्रष्ट भएर अविश्वास नआएको बताउँदै केही साथीहरुले ठूलो भाग खोज्न गलत नियतले ल्याएको बताए ।

उनले अविश्वासको प्रस्तावको विधि विधानअनुसार सामना गर्ने बताउँदै यो अन्योतालाई छिट्टै समाधान गर्ने विश्वास दिलाए । मुख्यमन्त्री राईले प्रदेश सरकार विधि विधान र ऐन कानूनअनुसार सञ्चालनमा रहेको चर्चा गर्दै प्रदेशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजिए पनि त्यसलाई छिट्टै परास्त गर्ने बताए ।

उनले आफू मुख्यमन्त्रीको रुपमा एउटा पद र नाम राख्न आएको नभई संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने प्रतिबद्धताका एवं प्रणालीलाई कायम गर्न सफल नेतृत्व दिने गरी आएको प्रष्ट पारे ।

प्रदेशको विकास र जनताको समृद्धिको चाहनामा योगदान गर्ने, इच्छा शक्ति, इमान, नैतिक मूल्यका आधारमा आफूले मुख्यमन्त्रीको पद सम्हालेको बताउँदै उनले शिर ठाडो पारेर अविश्वास प्रस्तावको सामना गरी गलत प्रयासलाई विफल तुल्याउने प्रतिबद्धता व्यक्त गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *