दमक, २९ पुस–झापाको दमक–चिसोपानि सडक अन्तर्गत माङसेबुङ-३ चतुरे नजिक आज बुधबार ट्याक्सी दुर्घटनामा परेको छ । दमक देखि गजुरमुखि जाँदै गरेको मे १ ज ३२७४ नम्बरको ट्याक्सी दिउसो १२ तिर दुर्घटनामा परेको हो ।
घाइतेरुको उपचारका लागि दमकस्थित लाईफलाई अस्पताल तर्फ पठाइसकिएको स्थानीय समाजसेवि प्रविण लिम्बुले बताए । उनका अनुसार माङसेबुङ ३ गुरुङगाउँ निवासी सिर्जना लिम्बू सहित ७ जनालाई चोटपटक लागेको र उपचारको लागि पठाइएको जनाएको छ ।
