काठमाडौं, २९ पुस–नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताएकी हुन ।

असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा आफ्नै पार्टीका सभापति देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उन्ले बताइन । संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुन भन्दै उनले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने उनको भनाई छ ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने उनले बताइन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *