दमक, १ माघ–झापाको शिवसताक्षी नगरमा रहेको सतासीधाम जेसीजले नयाँ नेतृत्व चयन गरेको छ ।

विहीबार दूधेमा आयोजित ८ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट जसीजको अध्यक्षममा कमल सेन्चुरी सर्वसम्मत चयन भएका छन् । सेन्चुरी २०२१ का लागि अध्यक्षमा चयन भएका हुन् । त्यस्तै कार्यकारी उपाध्यक्षमा लेखनाथ अधिकारी र दारुमान राई चयन भएका हुन् ।

त्यसैगरी, उपाध्यक्षहरुमा नविन बाँस्कोटा, विवेक ढकाल, हिमाल दंगाल, रविन घिमिरे र जनसम्पर्क अधिकारी बिश्वबिक्रम दाहाल रहेका छन् ।

बाँकी पदाधिकारी नवगठित कार्य समिति चयन गर्ने अध्यक्ष सेन्चुरीले जानकारी दिए । कार्यक्रम वर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवाले २७ लाख ९६ हजार २ सय ५० बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सतासीधाम जेसीजका पुर्वअध्यक्षहरुको तर्फबाट महेन्द्र भट्टराई, जेसीजका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी शिबसताक्षीका सचिव गोविन्द काफ्ले, सामुदायिक सिकाई केन्द्र दुधेका अध्यक्ष नारायण बजगाईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लायन्स क्बल अफ द शिबसताक्षीका अध्यक्ष एबम् दुधेका व्यवसायी अग्नीप्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रममा सतासीधाम जेसीजका महासचिव बिबेक ढकालले सञ्चालन गरेको कार्यक्रमलाई कार्यकारी उपाध्यक्ष अर्जुन भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *