काठमाडौं, २ माघ–डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे।

रियलका करिम बेन्जेमाले एक गोल फर्काए पनि फाइनल पुग्न पर्याप्त रहेन। अब एथ्लेटिकले उपाधिका लागि सोमबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि पहिलो सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनल यात्रा तय गरिसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *