काठमाडौं, ३ माघ–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिवाह गर्ने निश्चित भएको छ । मुख्यमन्त्री राईले यही माघ ११ गते सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङमु एन शेर्पासँग विवाह गर्ने मिति तय भएको हो ।

यही माघ ११ गते काठमाडौंमा नेकपाका सीमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच मुख्यमन्त्री राईले विवाह गर्न लागेको उनको सचिवालयले पुष्टि गरेको छ ।

मोडलिङ्ग र सामाजिक काममा सक्रिय शेर्पाका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी शेर्पा हाल काठमाडौंमा बस्छिन् । ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्।

२७ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *