काठमाडौं, ३ माघ–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको दाबी गरेका छन्।

नेपाली कांग्रेस मध्यपुर थिमि नगर कार्य समितिले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आयोजना गरेको विरोधसभामालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘कम्युनिस्ट सरकार भ्रष्टाचारलाई संस्थागत गर्ने सरकार भएको पुष्टि भइसकेको छ। यो सरकारले भ्रष्टाचार नियन्त्रणको आश्वासमा मात्रै बाँडिरहेको छ] उनले भने।

कम्युनिस्ट सरकार लोकतान्त्रिक बाटो नरहेको दाबी गरे। ‘लोकतान्त्रिक बाटो कम्युनिस्ट सरकारको छैन। कम्युनिस्ट सत्ता सर्वहाराको लागि पनि होइन’ उनले भने, ‘जनताको जिवस्तर माथि उठाउन कांग्रेसको एजेण्डा हो। जनताको पक्षमा कांग्रेसले काम गर्छ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *