झिलझिले, ३ माघ–साइनो बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो छैठौं बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसर पारेर संस्थाले शिबसताक्षी–८ झिलझिलेमा खुल्ला रक्तदान गर्नुका साथै संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाईं मान–सम्मान समेत गरेको छ ।

रक्तदान कार्यक्रममा ५ महिलासहित ६३ प्रिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा भगवती श्रेष्ठ (दमक), सुमित्रा पेहिम लिम्बू (मोरङ) र गुञ्जन लुइटेल (दमक) लाई सम्मान गरिएको थियो ।

उनीहरुलाई धेरै पटक रक्तदान गरेर रक्तदान अभियानमा योगदान गरेको भन्दै सम्मान गरिएको हो । सो कार्यक्रममा रक्तदान अभियानकर्मि युवराज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । ओ नेगेटिभ बल्ड ग्रुपका आचार्यले हालसम्म १ सय ५ औं पटक रक्तदान गरिसकेको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका रक्तसंचार बिभाग प्रमुख सिद्धार्थ दाहालले कार्यक्रममा जानकारी दिनुभयो ।

सो कार्यक्रमबीच संस्थाको मंगलबारे बजारस्थित रहेको सेवा केन्द्र मार्फत उत्कृष्ट कारोबार गर्ने प्रेम दुमी राई लगायत उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो । संस्थाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा सेवा केन्द्र स्थापना भएको छ । त्यस्तै, चाडै शिबसताक्षी–६ शिबगञ्जमा समेत सेवा केन्द्र स्थापना हुने तयारीमा छ ।

संस्थाका अध्यक्ष दिपक कुमार मेन्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सचिब गोबिन्द काफ्ले, पत्रकार गोविन ल्वागुन, छबिलाल डवाडी, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक ध्र्रुब नारायण श्रेष्ठ, शिक्षासेवी प्रेम शेर्मा, चौचारी बचत तथा ऋण सहकारी संस्थाका कार्यबहाक अध्यक्ष धनबहादुर बान्तवा राई लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *